फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : ५७


काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि सुनको मूल्य घटेको छ। 

आज छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्