आज अमेरिकी डलरको भाउ घट्यो, कुन देशको कति ?

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ५७


काठमाडौँ । आज अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ६ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ७३ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४५ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर मूल्य १४६ रुपैयाँ ७० पैसा छ। 

हेर्नुहोस् अन्य देशको निनिमयदर


प्रतिक्रिया दिनुहोस्