जीप दुर्घटनामा परी प्रदेशसभा सदस्य र नगर उपप्रमुख घाइते

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ४८


काठमाडौँ । जीप दुर्घटनामा परी प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाकी उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते हुनुभएको छ। 

उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा स १ झ ५३१ नम्वरको जीप दुर्घटना हुँदा उहाँहरु घाइतेहुनुभएको हो। विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ जीप त्रियुगा नगरपालिकामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

घाइते दुबैको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिनुभयो। 

बुढामगरका अनुसार, जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य छ। जीप अनियन्त्रित भई सडकमै पल्टिएको थियो।


प्रतिक्रिया दिनुहोस्