नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


दाङ । नेकपाकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गाडी दुर्घटनामा परेको छ । 

सोमबार राति बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही–घोराही सडक खण्ड कुलमोडस्थित सडकबाट झण्डै सय मिटर तल अर्जुनखोलामा खसेको हो ।

सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किँदै गर्दा गाडी दुर्घटना भएको चालक रतन चौधरीले बताउनुभयो ।  चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्