परराष्ट्रमन्त्री ज्ञवाली मंसिरमा रुस र सर्बियाको भ्रमणमा जाँदै

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अर्को महिना रुस तथा सर्बियाको भ्रमणमा जाँदै हुनुहुन्छ । 
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली  मंसिर दोस्रो हप्ता त्यसतर्फ जानुहुनेछ । 

भ्रमणको क्रममा मन्त्री ज्ञवालीले नेपाल र रुसबीच व्यापार तथा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । रुसपछि ज्ञवाली दक्षिणपूर्वी युरोपेली देश सर्बियामा जानुहुनेछ । 
दुवै देशमा गरेर ज्ञवालीले हप्ता दिन बिताउने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्