आज केही ठाउँमा पानी पर्ने

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ३ : २३


काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केहि जिल्लामा पानी पर्ने र केहिस्थानमा हिमपात पर्ने सम्भावना रहेको जनाएको छ ।

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा कुहिरो लागेको अवस्थामा रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

कात्तिक १९ गते 
दिउँसोः
देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहने छ । देशका पूर्वी र मध्य पहाडी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक २० गते 
दिउँसोः
देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

रातिः देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कात्तिक २१ गते 
दिउँसोः देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

रातिः  देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्