माओवादी केन्द्रसँग एकताको कुनै प्रसंग छैनः विप्लव

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ४५


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन।

पछिल्लो समय नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट भएको बिषयलाई लिएर एकताको चर्चा चलिरहेका बेला विप्लवले तत्कालका लागि सम्भावना नरहेको बताएका हुन।

उनले भने, ‘नेताहरु इमानदार छैनन् अहिले एकताको कुनै प्रसंग र संम्भावना छैन् तर कार्यकर्ताको एकताको चाहानालाई क्रान्तिकारी धुव्रिकरणको माध्यमबाट पूरा गर्छौ।’

माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठसँग सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनका लागि जनजीविकाका सन्दर्भमा छलफल भएको विप्लवले बताए।

आफूहरु संसदीय व्यवस्थालाई नस्वीकार्ने विप्लवको भनाई छ।


प्रतिक्रिया दिनुहोस्