बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : १९


काठमाडौं। बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सेरातर्फ जाँदै गरेको से १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।

आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका पत्रकार आशिष मालले बताए।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। जिपमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस्