मूल्यवृद्धि फिर्ता नभए अझ ठूलो संघर्ष हुन्छ: विप्लव

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ०८


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले खाद्यान्न लगायत इन्धनको मूल्यमा गरेको मूल्यवृद्धि फिर्ता नभए संघर्ष जारी राख्ने बताएका छन्।

एक टेलिभिजनसँगको कुराकानीमा विप्लवले इन्धनमा गरिएको मूल्यवृद्धिको असर चौतर्फी देखिन थालेको बताए।

जनताको चाहना अनुसार नै आफूहरुले ज्ञापनपत्र बुझाउनेदेखि नेपालबन्द सम्मका कार्यक्रम गरेको उनको भनाई छ। सरकारले हालसम्म पनि मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विप्लवले भोलिका दिनमा पनि संघर्ष जारी रहने बताए।

उनले भने-‘भोलि यस्तो दिन आउन सक्छ, आयल निगमका अफिसरहरुलाई युवा विद्यार्थीले पस्नै नदिने समय आउन सक्छ। हाम्रो पार्टी यो भन्दा ठूलो संघर्षमा उत्रिने दिन आउन सक्छ। सत्ताको लागि मात्रै होइन जनजीविकाको लागि पनि पार्टी अगाडि आउन सक्छ। त्यतिबेला हुने घटनाका लागि राज्य जिम्मेवार हुनुपर्छ। त्यो घटना हुदैछ भन्ने राज्यले बुझ्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस्