मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ०३


उदयपुर। उदयपुरको बेलका नगरपालिका–५ जहडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

बेलका नगरपालिका–५ जहडाकी ७० वर्षीया इच्छाकुमारी राईको मृत्यु भएको हो।

मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टार–चतरा खण्डको सडकमा पर्ने जहडामा फत्तेपुरबाट रामपुर तर्फ जाँदै गरेको को३४प २०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

मोटरसाइकलको ठक्करपछि घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा)मा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरी सप्तकोसी नगरपालिका–१ का ३५ वर्षीय आलोक राईसमेत घाइते भएका छन्।

उनको सोही अस्पतालमा नै उपचार भइरहेको छ। मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस्