जलवायू सम्बन्धी पेरिस सम्झौताबाट अमेरिका पछि हट्ने

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । अमेरिकाले पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने मनसाय व्यक्त गरेको छ ।

आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ ।

सम्झौताले अमेरिकालाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिन चाहेको जनाएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक महिना अघि नै आफ्नो योजनाबारे राष्ट्रसंघलाई जानकारी गराएको बताए ।

उक्त सम्झौतामार्फत विश्वका एक सय ८८ राष्ट्र जालवायू परिवर्तनका मुद्दामा एक भएर अघि बढ्ने प्रतिवद्धतासहित गोलवद्ध भएका थिए ।

पेरिस सम्झौताले अमेरिका र अन्य १८७ देशलाई बढ्दो विश्वव्यापी तापमान नियन्त्रणका लागि प्रतिवद्धता जनाएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्