२४ घण्टामा २३८ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ३५


देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। नौ हजार १२३ को पीसीआर परीक्षण गरिएको थियो।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३१४ रहेको छ। पछिल्लो समय थप ३७० जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख ३५९ पुगेको छ। निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ। कोरोनाबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ।

त्यसैगरी पछिल्लो समय ४० हजार १४जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १६४ रहेको छ । हाल होम आइसोलेसनमा ६ हजार ६९६ छन् । संस्थागत आइसोलेसनमा ४६८ , आईसीयूमा २२७ र भेन्टीलेटरमा ५१ जनाको उपचार हुँदैछ। रासस


प्रतिक्रिया दिनुहोस्