महरा पूर्वआईजीपी ठकुरीसँगै सदरखोरमा

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडाैं । बलात्कार प्रयासको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पपक्षका लागि थुनामा पठाउने अदालतको आदेशसँगै सदरखोरको ‘क’ ब्लकमा पूर्वआईजीपी रमेशचन्द्र ठकुरीसँगै राखिएको छ । 
ठकुरी सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल परेका हुन् ।

महरालाई सामान्य कैदी बस्ने कोठामा राखिएको हो । 
यसअघि उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर पूर्वआईजीपी ओमविक्रम राणालाई राखिएको थियो । राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् ।
कान्तिपुर दैनिकबाट ।


प्रतिक्रिया दिनुहोस्