सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ४ : ०९


सिरहा। सिरहा प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले नरहा गापा-३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित नरहा गापा-३ बस्ने २१ वर्षीय इन्दल यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो।

प्रहरीले गोप्य सूचनाको आधारमा करेसाबारीमा लागू औषध प्याकिङ गर्ने क्रममा दुबै जनाको साथबाट ब्राउन सुगर ४ ग्राम ५५० मिलिग्रामसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख (इन्सपेक्टर) सन्तोष कुमार राइले बताए।

ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनालाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्