६३ जिल्लामा स्क्रब टाइफस, १३ सय संक्रमित

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपालका ६३ जिल्लामा स्क्रब टाइफसबाट झण्डै १३ सय जना संक्रमित भएका छन । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाखाले साउन १ गतदेखि कात्तिक १७ गतेसम्म १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको जनाएको छ ।

महाशाखाको तथ्यांकअनुसार प्रदेश १ मा ५७ जना, प्रदेश २ मा २२ जना, प्रदेश ३ मा ३ सय ७८ जना, गण्डकी प्रदेशमा ७६ जना, प्रदेश ५ मा ४ सय ६७ जना, कर्णाली प्रदेशमा १६ जना र सदूरपश्चिम प्रदेशमा २ सय ५५ जना संक्रमित भएका छन् ।

सबैभन्दा बढी प्रदेश ५ को रुपन्देहीमा १ सय २९ जना बिरामी रहेको महाशाखाले जनाएको छ ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग माइट भन्ने जिवाणुबाट लाग्छ । माइट प्राय मुसा बस्ने खेतबारी, वन, जङ्गल चउर र घर वरिपरी झाडी हुने ठाउँमा पाइन्छ ।

स्क्रब टाइफस भएका बिरामीले समयमै उपचार नपाएमा कडा खालको श्वास प्रश्वासको समस्या हुन्छ । श्वास फेर्न गाह्रो भइ शरीरका अन्य अंगहरुले काम गर्न छाडेर बिरामीको मृत्यु समेत हुने गर्छ ।

स्क्रब टाईफस मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किराको टोकाइबाट मानिसमा सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।


प्रतिक्रिया दिनुहोस्