नेकपा र माओवादी एकता वार्ताः नारायणकाजीको निवास पुगे विप्लव

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १२ : ५४


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।

नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए। माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन्।

भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता र गर्ने भविष्यमा पार्टी एकता गर्नेगरी अघि बढेका छन्।

भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र अन्य समसामयिक विषयमा पनि छलफल भएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए। उनकाअनुसार विप्लवलाई नारायणकाजीले अंकमाल गरेर स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्