प्रदेश प्रमुखहरुको शपथ आज

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १२ : ५३


काठमाडौं । सातै पदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले आज सपथ लिँदैछ । 
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले हिजो नियुक्त गरेका सातै प्रदेशमा प्रमुखलाई आज विहान सपथ गराउनु हुनेछ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको उल्लेख छ ।

प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी  र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त  प्रदेश प्रमुख नियुक्त हुनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्