सर्वोच्च परिसरमा प्रहरी परिचालन गरेको भन्दै रुष्ट कानून व्यवसायीले मागे गृहमन्त्रीको राजीनामा

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ११ : ५८


काठमाडौं। कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत रहेका उनीहरुले अहिले गृहमन्त्रीको पनि राजीनामा माग गरेका हुन्।

सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन्।

आजको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाए।


प्रतिक्रिया दिनुहोस्