नेपालखबरको कार्यकारी सम्पादकको जिम्मेवारीमा भुसाल

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : २१


काठमाडौं । नेपालखबर डटकमको कार्यकारी सम्पादकमा थिरलाल भुसाल नियुक्त भएका छन् । नेपालखबर प्रालि सञ्चालक समितिले भुसाललाई सोमबार कार्यकारी सम्पादकमा नियुक्त गरेको हो ।

कार्यकारी सम्पादक भुसाल यसअघि नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित हुँदै आएको रिपब्लिका अंग्रेजी दैनिकको एसोसियट एडिटर (सहसम्पादक)को जिम्मेवारी सम्हाल्दै आएका थिए । रिपब्लिका दैनिकको एसोसियट एडिटर हुनुअघि उनी सोही पत्रिकामा राजनीतिक ब्यूरो प्रमुख थिए । 

कार्यकारी सम्पादक भुसाल त्यसअघि केही वर्ष अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)को संवाददाता रहेका थिए । करिब १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका भुसालले रिपब्लिका सुरु हुनुअघि द काठमाडौं पोष्टमा रिपोर्टिङ गरेका थिए । उनले राजधानी दैनिकबाट पत्रकारिता यात्रा शुरु गरेका थिए । आमसञ्चार तथा पत्रकारिता र अंग्रेजी साहित्य विषयमा स्नातकोत्तर गरेका भुसालले नेपाल प्रेस इन्स्टिच्यूटबाट एक वर्षे पत्रकारिता तालिम समेत प्राप्त गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस्