उदयपुर त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका छोराको खोलामा डुबेर मृत्यु

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : २९


उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीलाई पुत्र शोक परेको छ।

शनिवार साथीसँग बनभोज खान गएका पशु चिकित्सक २८ वर्षिय मनोज चौधरीको चौदण्डीगढी नगरपालिका– १० देबधार खोलास्थित भिमसेन थान मन्दिर नजिक डुबेर मृत्यु भएको हो।

बिहान १० बजेतिर घरबाट साथीसँग पिकनिक खान गएका मनोज १ बजेतिर खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

पिकनिक खाना १४ जना साथीहरु मिलेर गएका थिए। घटनास्थल मदन भण्डारी लोकमार्ग देबधारबाट करिब डेढ किलोमिटर माथि जंगलमा पर्दछ। घटना स्थलमा खोलाको पानी ४ फिटभन्दा बढी नभएको बताइएको छ।

घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ। पिकनिक खान गएका साथीहरुकाअनुसार मनोज हराएपछि खोज्ने क्रममा खोलामा डुबेको अवस्था फेला परेको बताएका छन्। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ।

कानुनी प्रक्रिया पुरा गरि आइतवार पोष्टमार्टम गर्ने तयारी गरेको छ। नगर प्रमुख चौधरीको एउटै छोरा हुन् भने उनी बेलका नगरपालिकामा पशु सेवा कार्यालयमा कार्यरत थिए।


प्रतिक्रिया दिनुहोस्