नेकपाका केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदीलाई हृदयघात, अवस्था स्थिर

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । सोमबार बिहान श्रीमतीसहित दाङ जान हिंडेका सुवेदीलाई थानकोट पुगेपछि अकस्मात हृदयघात भएको हो । सुवेदीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले उनको ब्लक भएको मुटुको भल्ब शल्यक्रियामार्फत खुलाएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक सदस्यहरुका अनुसार हाल सुवेदीको अवस्था स्थिर छ ।


प्रतिक्रिया दिनुहोस्