बार्सिलोनामा प्रशिक्षक जाभीको सुखद् सुरुवात, स्पानियोलविरुद्ध जित

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ००


काठमाडौं। स्ट्राइकर मेम्फिस डिपाएको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ।

शनिबार राति भएको खेलमा क्याटलन क्लब बार्सिलोनाले स्पानियोललाई १–० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे। खेलको ४८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गरेका हुन्। बाँकी समय दुबै टोलीले केही अवसर बनाएपनी सदुपयोग गर्न सकेनन्।

जितसँगै मुख्य प्रशिक्षक जाभी होर्नाण्डेजले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन्। बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

जितसँगै बार्सिलोनाले १३ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। स्पानियोल १७ अंक जोडेर १३औं स्थानमा छ।


प्रतिक्रिया दिनुहोस्