नेकपा अध्यक्ष प्रचण्ड दाङ आउँदै, घोराहीमा पत्रकारसँग भेटघाट

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ५९


दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ आउँदैछन् । तुलसीपुरमा हुने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाङ आउन थालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग प्रेस संगठन दाङले घोराहीमा पत्रकार भेटघाटको आयोजना गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधवार बिहान ८ बजे पत्रकार भेटघाटको आयोजना गरिएको प्रेस संगठन दाङले जनाएको छ । नेकपा दाङले तुलसीपुरमा आयोजना गर्न थालेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड मंगलवार बेलुकी दाङ आउन थालेका हुन् । उक्त प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव विष्णु पौडेल पनि आउँदै छन् ।

यसैबीच प्रेस संगठन दाङको कार्यदल बैठक आज घोराहीमा सम्पन्न भएको छ । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख शरद अधिकारीको प्रमुख आतिथ्यता एवं प्रचार विभाग उपप्रमुख आजाद खड्काको विशिष्ट आतिथ्यतामा बैठक बसेको थियो ।
प्रेस संगठनको चार सदस्यीय कार्यदलमा जेएन सागर, प्रकाश चौधरी, पाण्डव शर्मा र प्रेमबहादुर राम्जा रहेका छन् । नेकपा दाङले पार्टीका साविकका सबै जनवर्गीय संगठनहरुका कार्यसमिति विघटन गरी दुबै संगठनका अध्यक्ष र सचिव रहेको कार्यदल बनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस्