नयाँ दिल्लीमा जोर विजोर सवारी प्रणाली लागू, महिला चालकमा लागू नहुँने

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ५५


काठमाडौं । भारत सरकारले केन्द्रीय राजधानी नयाँ दिल्लीमा जोर विजोर सवारी प्रणाली लागू गरेको छ । यातायातको साधनबाट निस्किने धुवाँले वातावरणमा प्रतिकुल असर पारेको भन्दै जोर विजोर लागू गरेको हो । वायु प्रदुषण रोक्नका लागि सोमबारदेखि जोर विजोर प्रणालीमा सवारी चलाउन भारत सरकारले नागरिकलाई अनुरोध गरेको छ ।

दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदुषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचारहरू सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो । महिला चालक रहेकाे सवारी तथा माेटरसाइकलमा भने याे नियम नलाग्ने समाचारमा जनाइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्