पौडी खेल्दा डुबेर युवकको मृत्यु

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : २०


उदयपुर। जिल्लाको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ।

मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

केही युवासँग वनभोज खानका लागि गएका चौधरी २ बजेतिर देवधारखोलामा स्काभेटरले बालुवा उत्खनन गर्दा खनेर कृत्रिम दह बनाएको ठाउँमा पौडी खेल्दा डुबेर अचानक बेहोस भएका थिए।

उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। रासस


प्रतिक्रिया दिनुहोस्