यात्रु अभावका कारण बुद्ध एयरको कलकत्ता उडान बन्द

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौँ । यात्रु अभावका कारण बुद्ध एयरले कलकत्ताको नियमित उडान डिसेम्बरबाट उडान फिर्ता लिने तयारी गरिएको हो । १३ जेठ २०७६ मा निकै आशापूर्वक बुद्धले कलकत्ता उडान थालेको थियो । भारतमा बंगाली नागरिक बढीजसो विदेश घुमघाममा रमाउँछन् ।

त्यसकारण कलकत्ताबाट पर्याप्त भारतीय नागरिक नेपाल भ्रमणमा आउने आंकलन बुद्धको थियो । अपेक्षा अनुसार पर्यटक आएनन् । नेपालको वैदेशिक व्यापारको मूख्यद्धार नै कलकत्ता हो । कलकत्तामा बुद्ध एयरले दुइतर्फी भाडादर २४ हजार कायम गरेको थियो । यो भाडा पनि न्यूनतम मुनाफा राखेर प्रवर्द्धनात्मक रुपमा राखिएको कम्पनीले बताएको छ । एकतर्फी १२ हजार हाराहारी मूल्य कायम गरेको बुद्धको यो भाडा करीव डेढ घण्टा उडान समयका लागि हो ।

यस रुटमा बुद्धले एटीआर जहाज उडाएको छ । ठूलो क्षमताका जेट इन्जिन जहाजहरुले काठमाडौं–कलकत्ता १ घण्टामै पार गर्छन् । उता, कलकत्ताबाट थाइल्याण्ड जान तुलनात्मक रुपमा सस्तो छ । विदेशी एयरलाइन्सले औसत ८ हजार नेपाली रुपैयाँ एकतर्फी भाडामा थाइल्याण्डको बैंककबाट कलकत्ता उडान गर्छन् । जहाँ कि थाइल्याण्ड–कलकत्ता रुटको उडान समय करीव ३ घण्टा हाराहारी हो ।


प्रतिक्रिया दिनुहोस्