काँग्रेसको औंला नसमाते हिँड्न सक्दैनन् अन्य दल, १० पार्टी मिलेपनि फरक पर्दैनः ओली

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : ३५


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको र १० पार्टी मिलेता पनि आफुलाई केही फरक नपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको कार्यक्रममा उनले माओवादी र नेकपा एसलाई लक्षित गर्दै अन्य दलले काँग्रेसको औंला समातेर मात्र हिँड्नसक्ने जिकिर गरे।

तर एमाले भने कसैको वैशाखी नटेकेर आफैं निर्वाचनमा लड्न सक्षम रहेको उनको भनाइ छ।

उनले भने,‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौं। आफैँ जित्छौं। सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौं भनेका छन्। अरु दल कांग्रेसको औंला नसमाते हिँड्न सक्दैनन् ।’


प्रतिक्रिया दिनुहोस्