लागुऔषध मामिलामा आर्यन खानविरुद्ध प्रमाण पुगेन, अब जाँदैनन् जेल

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : ००


बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानविरुद्ध लागुऔषध मुद्दामा प्रमाण नपुगेको बम्बईको उच्च अदालतले फैसला गरेको छ।

उनी ड्रग्स सेवन गर्न आयोजना हुने रेभ पार्टीमा पक्राउ परेका थिए। एउटा क्रुज जहाजबाट उनीसँगै केही पक्राउ परेका थिए। अनुसन्धानका क्रममा आर्यन हप्तौं जेल बस्नु परेको थियो।

अदालतको फैसलामा भनिएको छ, ‘प्रथम दृष्टया आरोपीहरुविरुद्ध त्यस्तो कुनै प्रमाण मिलेन, जसले यो विषय साबित गरोस् कि उनीहरुले ड्रग्ससँग सम्बन्धि कुनै अपराध गर्ने षड्यन्त्र गरेका थिए।’


प्रतिक्रिया दिनुहोस्