रेसुङ्गा नगरपालिकामा शुक्रबार सार्बजनिक बिदा

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौँ । सरकारले शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रबार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिनुभयो ।

मेलालाई व्यवस्थित रुपमा मनाउन र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरी नेपाल भ्रमण वर्षलाई सहयोग गर्न सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख भुसालले उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्