नम्रता र दावाबीचको चार वर्षे प्रेम सम्बन्ध टुट्यो

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ५ : ३१


अभिनेत्री नम्रता श्रेष्ठ र व्यवसायी दावा स्टिभन शेर्पाबीचकोको प्रेम सम्बन्ध टुटेको छ। चार वर्षयता उनीहरु प्रेम सम्बन्धमा थिए।

सहमतिमै उनीहरु प्रेम सम्बन्ध टुंग्याउन सहमत भएका हुन्। पर्यटन व्यवसायी रहेका प्रेमी शेर्पासँग नायिका नम्रता देश–विदेशघुमेकी थिइन्।

उनीहरुले चाँडै बिहे गर्ने योजना रहेको बताइएको थियो। तर एकअर्काबीच असहज महसुस हुन थालेपछि सम्बन्ध टुंग्याइएको बताइएको छ।

यसअघि नायिका नम्रताले आफ्ना प्रेमीसँग घुमेका तस्बिर निकै राख्ने गरेकी थिइन्। अहिले भने उनीहरु फोटो सेयर गर्दैनन्।


प्रतिक्रिया दिनुहोस्