बलात्कारविरुद्ध पाकिस्तानको नयाँ कानुनः बलात्कारीलाई यौन सम्पर्क गर्न नसक्ने बनाइने

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ५ : ०३


काठमाडौं। बलात्कारको मुद्दामा दोहोरिएर दोषी देखिएका व्यक्तिलाई यौन सम्पर्क गर्न नसक्ने बनाइने कानुन पाकिस्तान सरकारले ल्याएको छ।

पाकिस्तानमा बन्दुक देखाएर एक महिलालाई सामुहिक बलात्कार गरिएपछि यो कानुन ल्याइएको हो। ‘केमिकल कास्ट्रेशन’ अर्थात् औषधीको प्रयोगबाट बलात्कारीलाई यौन सम्पर्क गर्न नसक्ने बनाइनेछ।

पाकिस्तानमा बलात्कारको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानुन बनाउन सरकारलाई दबाब थियो।

यसअघि केमिकल कास्ट्रेशन दक्षिण कोरिया, पोल्यान्ड, चेक रिपब्लिक र अमेरिकाका केही राज्यमा लागु भइसकेका छन।

सन १९९६ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा एक व्यक्तिलाई बालबालिकामाथि दोहोर्याउँदै यौन हिंसा गरेपछि यही पद्धतिमार्फत् नपुसंक बनाइएको थियो।


प्रतिक्रिया दिनुहोस्