बनेपामा प्रहरी र स्थानीयबीच झडप

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १ : ४४


काठमाडौँ । नेपामा फोहोरमैला जलाउने ठाउँको विषयमा विवाद हुँदा भएको झडपमा ५ जना घाइते भएका छन् । बनेपा नगरपालिका वडा नं ९ को खाली जग्गामा फोहोर मैला जलाउने मेसिन राख्न लागेको विरोधमा स्थानीयले विरोध गर्दा झडप भएको हो । फोहोर व्यवस्थापनका लागि वडा नं ९ को खाली जग्गामा मेसिन राख्न लागेपछि झडप भएको बताइएको छ ।

स्थानीयको विरोधका बाबजुद सोमबार नगरपालिकाले डोजर लगाएर ठाउँ सम्याउन खोजेपछि झडप भएको हो । स्थानीयको विरोध रोक्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेको थियो । नगरपालिकाको को छ । प्रहरीले भने डोजरमाथि ढुंगामुढा गर्न थालेपछि रोक्ने क्रममा सामान्य बल प्रयोग भएको जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्