ओलीलाई खलनायक भन्दै प्रचण्डले भनेः चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजे

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ४ : १५


नेकपा एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ। चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको गृह जिल्ला हो।

प्रचण्डले आफनो गृह जिल्लामै एमालेले महाधिवेशन कार्यक्रम राख्नुलाई त्यो आफुलाई सिध्याउने खेल भएको टिप्पणी गरेका छन्।

रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई एमालेले सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे।

उनले सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खलनायकको संज्ञा पनि दिए। उनले भने,‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्। मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन।’


प्रतिक्रिया दिनुहोस्