१८ बर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन, भन्छिन्ः हालको नेतृत्वबाट देश बिकास हुँदैन

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : ३६


विराटनगर। मोरङ क्षेत्र नम्बर ६ ‘ख’ बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन्।

१८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन्।

प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन्। अ

अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन्।

यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन्। अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ। रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए।


प्रतिक्रिया दिनुहोस्