पूर्वसभामुख महरा पुर्पक्षका लागि जेल चलान, डिल्लीबजार करागार पठाइयो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडाैँ । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडाैँमा साेमबार महराका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेपछि अदालतले महरालाइ पूर्पक्षका लागि कारागार पठाएको हो ।

उनलाइ डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल महरा पक्षका कानुन व्यवसायीको बहसपछि यस्तो आदेश सुनाएको हो । आइतबार महराकाे पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएकाे थियाे । आइतबार बहस नसकिएपछि साेमबारलाई हेर्दाहेर्दैमा राखिएकाे थियाे । साेमबार महराकाे पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए ।

न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो । राेशनी शाहीले बन्द इजलासमा बाेल्ने अनुमति मागे पनि न्यायाधीस पाण्डेले अनुमति दिएनन् । बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ ।

अब महरालाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारगार नै चलान गर्ने भन्नेबारेमा अदालतले फैसला गर्ने छ । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएकाे असाेज १९ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार करणी प्रयास गरेको अभियोगमा काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्