एकताको चर्चा चलिरहँदा विप्लवले भेटे माओवादी अध्यक्ष प्रचण्ड

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : १०


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ।

नेकपा माओवादी केन्द्रसँग एकीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्।

विप्लवले शनिबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटघाट गरेका हुन३। प्रचण्ड र विप्लवबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरि छलफल भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्