प्रधानमन्त्री देउवाले रामदेवलाई जग्गा दान दिने भनेपछि बाबुराम रुष्ट, यसो भने…

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  २ : ०५


भारतीय योग गुरु बाबा रामदेवलाई क्रान्तिकारी व्यक्ति भन्दै शुक्रबार जग्गा दान गर्ने घोषणा गरेपछि बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन३।

रामदेवको लगानी रहेको पतञ्जलि आयुर्वेदलाई टेलिभिजन सञ्चालन गर्न ‘निःशुल्क जग्गा दिएको’ भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्।

भारतको लगानीमा आस्था नेपाल र पतञ्जली नेपाल नामका दुई टेलिभिजन च्यानल काठमाडौंमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। कार्यक्रमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले रामदेवलाई ‘क्रान्तिकारी’को संज्ञा दिएका थिए।

आचार्य बालकृष्ण र रामदेवको लगानी रहेको भारतको हरिद्वारस्थित पतञ्जलि आयुर्वेदले नेपालमा टीभी ल्याएको हो। आचार्य बालकृष्ण पतञ्जलीका अध्यक्ष हुन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले जग्गा दानप्रति असन्तुष्टि जनाउँदै भनेका छन,‘ठूलाो लगानी हुनसक्ने देशहरूसंग द्विपक्षीय लगानी प्रबर्धन/संरक्षण संझौता(BIPPA)गर्दा दश हात उफ्रेर राष्ट्रघाती भन्ने तर आफु अनुकुलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दान गर्ने? यो कस्तो राष्ट्रवादी विकास नीति हो?नेताहरूले यस्तै हावादारी कुरा गरेर जनता ठगीरहने?’


प्रतिक्रिया दिनुहोस्