अनसन बस्न सुटुक्क डडेल्धुरा पुगे डा. केसी

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : ४४


काठमाडौँ। मेडिकल शिक्षा सुधारका विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले अर्को अनसन सुदूरपश्चिमको डडेल्धुरामा बस्ने भएका हुन्। उनी अनसनका लागि सोमबार त्यहाँ पुगेका हुन्। 

सोमबार उनी आफ्ना सहयोगीहरुलाई पनि थाहा नदिई १७ औँ अनशन बस्न डडेल्धुरा पुगेको स्रोतले जनाएको छ। 

यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्नो तय भएको थियो। तर उनी अचानक डडेल्धुरा पुगेर सहयोगीलाई खबर गरेको बताइएको छ। 

डा. केसीले बस्नुअघि आजै जिल्ला अस्पताल डडेल्धुरामा स्वास्थ्य परीक्षण गराएका छन्। 
 


प्रतिक्रिया दिनुहोस्