आलमविरुद्ध जन्मकैदको मुद्दा दर्ता

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौँ । काँग्रेसका निलम्बित सांसद् मोहम्मद अफताब आलमलाई जन्मकैदको माग गर्दै मुद्दा दर्ता गरिएको छ। 

जिल्ला अदालत रौतहटले सोमबार आलमविरुद्ध जन्मकैदको माग सहित मुद्दा दायर गरेको हो। 

आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ। समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ। 

१२ वर्षअघि रौतहटमा दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग लागेको छ। 


प्रतिक्रिया दिनुहोस्