कांग्रेस इलामको १ ‘क’ मा मैया लिम्बु निर्वाचित, प्रदेशसभामा जिल्लाकै एक्ली महिला सभापति

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ११ : २४


इलाम। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन्। दुई प्रतिस्पर्धीलाई पछि पार्दै मैया प्रदेशसभा निर्वाचनमा जिल्लाकै एक्ली महिला सभापति बन्न सफल भएकी हुन्।

लिम्बुले १२३ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिस्पर्धी पुनम गुरुङ्गले १०४ मत पाए भने रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरे।

उपसभापतिमा ज्ञानबहादुर राई र मोहन कुमार गुरुङ्ग निर्वाचित भएका छन्। राईले १४४ र गुरुङ्गले १२५ मत प्राप्त गरे। प्रतिस्पर्धी बासुदेव अधिकारीले ११० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन्।

सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन्। दाहालले १४५ र लेप्चाले १३९ मत प्राप्त गरे। सचिवमा पराजित बनेका तारा न्यौपानलेले ११० मत, राम घिमिरेले १०२ मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरिन्।

सहसचिवमा सीता घिसिङ र मखन गुरुङ्ग निर्वाचित भए। घिसिङले २४४ र गुरुङ्गले १४७ मत पाएका छन्। प्रतिस्पर्धी कृष्णबहादुर राईले १२७ मत पाए।


प्रतिक्रिया दिनुहोस्