मोरङ कारागारमा कैदीको मृत्यु

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ५०


विराटनगर। जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ। जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो।

‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए।

शर्मा २०७१ यता जबरजस्ती करणीको मुद्दाको कैद भुक्तान गरिरहेका थिए।


प्रतिक्रिया दिनुहोस्