काठमाडौंमा विप्लव नेकपाको शक्ति प्रदर्शन सभा स्थगित

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ५९


काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौंमा मंसिर ८ गते गर्ने भनिएको विशाल जनसभाको कार्यक्रम स्थगित भएको छ।

बन्दिपुरमा सम्पन्न नेकपाको ११ औं केन्द्रीय समितिको पूर्ण बैठकले पार्टी पुनःस्थापना दिवसका अवसरमा मंसिर ८ मा एकलाख जनताको सहभागीतामा भब्य सभा गर्ने निर्णय गरेको थियो।

तर विप्लव नेकपाले सो कार्यक्रम एकाएक स्थगित गरेको छ। कार्यक्रम स्थगित गर्नुको कारणबारे नेकपाले केहि खुलाएको छैन।

पछिल्लो आन्तरिक सर्कुलर अनुसार अब नेकपाले ८ गते देशैभर जिल्लाहरुमा कार्यक्रम गर्ने छ।

नेकपाका अनुसार ८ गतेको कार्यक्रमका लागि महासचिव विप्लव म्याग्दीको बेनीमा हुने कार्यक्रममा सहभागी हुने छन।

मंसिर ८ गते मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि विप्लव म्याग्दी जाने भएका हुन।

यस्तो छ विप्लव नेकपाले सार्वजनिक गरेको पछिल्लो पोष्टर


प्रतिक्रिया दिनुहोस्