राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन?

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : २७


युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय दिएर योग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बरखास्त गरेको थियो । त्यसयता राखेप सदस्यसचिव विहीन छ।

अघिल्लो वर्ष जारी भएको ऐनमा व्यवस्था भएअनुसार राखेप सदस्यसचिव खुला प्रतिस्पर्धाबाट चयन हुनुपर्छ।

यसका लागि स्नातक पास गरेको, खेलकुदमा कम्तिमा दशक अनुभव लगायतका मापदण्ड छन्। रासस


प्रतिक्रिया दिनुहोस्