२४ घण्टे चेतावनी जारी गर्दै मौसमविद्ले भने-‘चिसो बढ्न सक्छ, होसियारी अपनाउनू’

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : २१


काठमाडौं। अरब सागरमा बनेको मौसमी प्रणालीको प्रभावले केही दिनदेखि नेपालमा मौसम बदली गराउँदै चिसोको मात्रा बढाइरहेको मौसमविद्ले बताएका छन्।

शनिबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

हाल मौसमको अवस्था 

हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर ०४ गते (शनिबार)

दिउँसो : देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ।

राती : देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावान रहेको छ।

२०७८ मंसिर ०५ गते (आईतबार)

दिउँसो: देशका पहाडी भु-भागमा सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ।

राती : देशका पहाडी भु-भागमा सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ।

२०७८ मंसिर ०६ गते (सोमबार)

दिउँसोः देशका पहाडी भु-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका पहाडी भु-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागहरुमा वदली भई देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ। सो प्रणालीको प्रभावले देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाई यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।


प्रतिक्रिया दिनुहोस्