विभिन्न स्थानमा महिन्द्राले सर्भिस सेन्टर संचालनमा ल्याउँदैँ

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ५६


काठमाडौं। महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले हालसालैे तीन नयाँ टुएस सव–डिलरहरु आफ्नो आधिकारिक थ्रिएस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा संचालनमा ल्याएको छ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा विस्तार गर्न लागेको कम्पनीले जनाएको छ।

बालाजु अटो वर्कशले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशप​, कपिलवस्तु; मैनाबगर अटोल्यान्ड​, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर​, पाल्पा संचालनमा ल्याउँदै छ।

मुख्यमन्त्री कुलप्रसाद के. सी. र अग्नी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माले २ दिन (मंसिर २ गते) अघि मैनाबगर अटोल्यान्डको समुद्घाटन गरेका थिए।

त्यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशपको पनि सोही दिन बालाजु अटो वर्कशका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन गरियो।

“हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सव​–डिलरहरु संचालनमा ल्याएका छौँ र आगामी दिनहरुमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौँ।“ महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले बताए।

यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने जानकारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्