‘नेपाल बारको आन्दोलनमा प्रहरी दमन हुनु आपत्ति जनक’

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ५४


काठमाडौं। नेपाल बार एसोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले बारका न्यायाधीशहरूमाथि भएको धरपकडप्रति आपत्ति जनाएको छ।

नेपाल बारले न्यायपालिका भित्रका विकृति, विसंगती, बिचौलिया, भ्रष्टाचार हटाई न्यायपालिकाको जनआस्था बढाउने, स्वतन्त्र, सक्षम, निष्पक्ष र हस्तक्षेपमुक्त न्यायपालिका बनाउने कार्यमा प्रधानन्यायाधीश बाधक रहेको भन्दै शान्तिपूर्वक गरिरहेको आन्दोलनमा प्रहरी दमन हुनु दुखद रहेको समितिको निष्कर्ष रहेको छ।

ुनेपाल बारको शान्तिपूर्ण प्रदर्शनमा एसएलआर सहितको सशस्त्र हातहतियारसहित दंगा प्रहरी प्रवेश गराई कानुन व्यवसायीमाथि निर्ममता पूर्वक बल प्रयोग गर्नु दुखद विषय हो। प्रहरीको आक्रमणबाट मंसिर २ र ३ गते बारका केही कानुन व्यवसायी घाइते भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छु, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अदालत परिसरमा भएको यस प्रकारको घटना निन्दनीय र खेदजनक रहेको समितिले जनाएको छ। कानुन व्यवसायीको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न र नगराउनसमेत समितिले माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्