‘अमेरिकाले नेपाललाई भारतसँग राखेर होइन, छुट्टै तवरले हेर्छ’

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : १५


नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेपालले अमेरिकालाई भारतसँग राखेर नभएर छुट्टै तवरले हेर्ने बताएका छन्।

अमेरिकी राजदूतको निवासमा भएको कार्यक्रममा उनले त्यस्तो बताएका हुन्।

अमेरिकाको विदेश मन्त्रालयमा प्रवेश गरेको एक वर्षमै लु नेपाल आएका हुुन्। यस्तै दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री नियुक्त भएको दुई महिना नपुग्दै उनी काठमाडौं आइपुगेका हुुन्।

सो क्रममा उनले भने,‘भारतसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ। हाम्रो सम्बन्धका विभिन्न आयाम छन्। तर भारतसँगै दक्षिण एसियाका अरू मुलुकलाई पनि एउटै टोकरीमा राख्दा अरू मुलुकसँगको हाम्रो सम्बन्ध प्रशासनिकमात्रै हुन्छ।’

सो क्रममा उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङले भने,‘लु सहायक विदेशमन्त्री नियुक्त भएपछि उहाँले मलाई यो क्षेत्रमा भारत र अरू मुलुकहरू नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकालाई छुट्टाछुट्टै राख्नुपर्छ भन्नुभयो। त्यसो गर्दा अरू मुलुक मर्कामा पर्दैनन् र द्वीपक्षीय सम्बन्ध मजबुद् हुन्छ। अब हामी नेपालसहित दक्षिण एसियाका अरू मुलुकलाई भारत सँगै राखेर हेर्दैनौं, छुट्टै हेर्छौं। त्यही भएर म यहाँ आएकी हुँ।’


प्रतिक्रिया दिनुहोस्