दाङमा घरको गाह्रो भत्किँदा तीन जना घाइते

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ३५


दाङ। दाङमा घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका छन्।

घोराही–६ गुरुवागाउँको मिनु पुनको घर भत्काउने क्रममा शुक्रबार घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका हुन्।

घाइते हुनेमा गुरुवागाउँकाका ३२ वर्षीय किरण चौधरी, ३१ वर्षीय कमल थापा र पिमबहादुर परियार रहेका छन्।

घाइते तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्