डेढ केजी सुँगुरको मासु र साढे ३ केजी प्राउन खाने व्यक्तिलाई रेस्टुरेन्टमा जान प्रतिबन्ध!

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ००


चीनमा धेरै मासु खाने एक व्यक्तिलाई एउटा रेस्टुरेन्टले त्यहाँ आउजाउ गर्न प्रतिबन्ध लगाएको छ।

बीबीसीका अनुसार इन्टरनेटमा खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गर्ने एक चिनियाँ व्यक्तिलाई धेरै खाएको भन्दै एउटा रेस्टुरेन्टले प्रतिबन्ध लगाएको हो।

काङ नामले चिनिने ती पुरुषले हुनान टीभीलाई आफूलाई रेस्टुरेन्टले प्रतिबन्ध लगाएको बताएका हुनु। दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने हान्डाडी सीफूड बीबीक्यू बफे रेस्टुरेन्टले उनलार्य प्रतिबन्ध लगाएको उनको भनाइ छ।

उनले आफूले पहिलो पटक डेढ केजी सुँगुरको मासु र दोस्रो पटक साढे तीनदेखि चार केजी प्राउन खाएको बताएका छन्।

काङले सो रेस्टुराँले धेरै खाने मानिसप्रति “भेदभावपूर्ण” व्यवहार गरेको गुनासो गरेका छन्। उनले भने,“म धेरै खान सक्छु, के त्यो मेरो गल्ती होर?”

तर रेस्टुरेन्टका मालिकले भने काङ आउँदा आफ्नो रेस्टुरेन्टलाई घाटा हुने गरेको बताएका छन्। दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने नियम भएपछि काङले त्यहाँ धेरै खानेकुरा खाने गरेका थिए।

उनको ख्वाई हेर्दा उनी धेरै खानेकुराले मात्र अघाउँथे जसकारण रेस्टुरेन्टले उनलाई प्रतिबन्ध लगाउन बाध्य भएको हो।


प्रतिक्रिया दिनुहोस्