दुई केजी सुन कट्टुभित्र दुबईबाट लिएर आउने दुई जना विमानस्थलबाट पक्राउ

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : १९


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

दुबईबाट शुक्रबार विहान काठमाडौं ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एकरएक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए।

सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको र नेपाल आउँदा भारतीय नागरिकले पठाएको वयान दिएका छन्।

‘अन्दाजी दुई किलो हो। भन्सारमा बुझाउँदैछौं’ एसएसपी बाँस्तोलाले भने,‘इण्डियनले पठाएको भनेका छन्। थप अनुसन्धान हुँदैछ।’

उनकाअनुसार दुबै जनाले भित्रि वस्त्र अन्डरवेयरभित्र कपडाको सेनिटेरी प्याडजस्तो बनाएर सुन विमानस्थलको एक्सरे मेसिन पार गराएका थिए। तर पार्किङस्थलमा अस्वभाविक हाउभाउ देखाएपछि प्रहरीले खानतलासी गर्दा सुन फेला परेको हो।


प्रतिक्रिया दिनुहोस्